जीवनशैली

मन्त्री प्रेम आलेलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण



काठमाण्डाै – निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

मन्त्री आलेविरुद्ध आयोगमा डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को संयुक्त सभामा मतदाता भड्काउने र भोजभतेर गरेको तथा रकम बाँडेको उजुरी परेको छ । 

यस्तै आयोगले नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, माओवादी केन्द्रका प्रदेश सदस्य गङ्गा दाहाल, वीरगञ्जमा नगरप्रमुखका उम्मेदवार विजय सरावगीलाई पनि स्पष्टीकरण सोधेको छ । आयोगले एमालेका उपमहासचिव गुरुङले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मौन अवधिमा क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

आयोगले (माओवादी केन्द्र) का वाग्मती प्रदेश कमिटी सदस्य गङ्गा दाहालले मौन अवधिमा व्यक्तिगत फेसबुक पेजमा भरतपुरमा गठबन्धनका मेयरका उम्मेदवार रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीलाई मत मागेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्तै सरावगीले वैशाख २६ गते राति महानगरको वडा नं. १६ मा रहेकाे एक मतदाताको घरमा प्रवेश गरी मत खरिद गर्न नगदको लेनदेन गरेको उजुरी प्राप्त भएको आयोगले जनाएको छ ।

प्रकाशित : २९ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६