कपिलवस्तु, ०१ जेठ ।
कपिलवस्तु बुधबार साझ आएको हावा हुरी सहितको असिना पानिले कृषकका तरकारीबालीमा ठूलो क्षति पु¥याएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ लुम्बिनी बहुउदेश्यीय एग्रीकल्चर प्रा.ली लखनपारामा ठूलो असिना पानीले तरकारी बालीमा ठूलो क्षति पु¥याएको एग्रीकल्चर प्रा।ली का अध्यक्ष पिताम्बर पोख्रेलले जानकारी दिनु भयो । बुधवार साज परेको असिना पानीले करेला, लौका, तरबुजा, खुर्सानी, घिरौला, फर्सि, बोडी लगाएत तरकारमा क्षति हुदाँ लाखौँको नोक्सानी भएको बताउनु भयो ।
उहाँका अनुसार करिब कठ्ठा ८२ जमिनमा लगाएको तरकारीमा क्षति पुगेको छ । विक्रीका लागि तयार भएको १० कठा जमिनको करेला, १५ कठ्ठामा तरबुजा ,१५ कठ्ठा फर्सि, ५ कठामा घिरौला, र १० कठामा बोडी पूर्णरुपमा नष्ट हुर्दा २५ लाख बराबरको मुल्यको क्षति भएको पोखल्रेको भनाई छ । पहिलो साल पनि पानीले मेवा खेतिमा असर गरेको बताउदै सञ्चालक पोख्रेलले यस पटक पनि तरकारी बारी सखाप पारेको बताउनुभयो । ७ जना सञ्चालक समिति रहेको प्रालिमा १० जना कर्मचारी रहेका छन् ।
किसानलाई कसै गरि पनि सुख नभएको पोख्रेलले गुनासो गर्नु भयो । उहाले आफ्नो तरकारी बालीको एक इन्सुरेन्स कम्पनिमा १६ लाख सम्मको विमा गरेको जानकारी दिनुभयो । यता विक्रीका लागि तयारी अवस्थामा राखेको ६ हजार काक्राका विरुवा र टनेल समेत नष्ट भएको पोख्रेलको भनाई छ ।
प्रतिक्रिया