कपिलवस्तुको मायादेवी गाउँपालिकामा ४ हजार ८ सय ९७ मत गणना भएको छ । सोमबार विहान ९ बजेसम्मको मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेद्वार बलिउद्दिन मुसलमानले १ हजार ३ सय ४९ मत पाएर अग्रता बढाइरहेका छन् ।
मुसलमानलाई एकीकृत समाजवादीका उम्मेद्वार फैजल खानले पछ्याइरहेका छन् । खानले ८ सय ८२ मत ल्याएका छन् ।तेस्रो स्थानमा जनता समाजवादी पार्टीका बजरंगी कुर्मी छन् । कुर्मीले ६९३ मत पाएका छन् ।
गाउँपालिकाको उपाध्यक्ष तर्फ नेपाली कांग्रेसकी उम्मेद्वार १ हजार १७६ मतका साथ अगाडी छिन् । एकीकृत समाजवादीकी माधुरी अग्रहरी ७ सय ५९ मत ल्याएर पछ्याइरहेकी छिन् । जसपाकी उम्मेद्वारले ६ सय ३० मत पाएकी छिन् भने माओवादी केन्द्रले उम्मेद्वार गीता तिवारीले ६०३ मत पाएकी छिन् ।
मायादेवी गाउँपालिकाका वडा नं. १, वडा नं. २ र वडा नं. ३ को मतगणना जारी छ । अबको केही घण्टामा वडा नं. १ र वडा नं. २ को नतिजा आइ पुग्ने निर्वाचन अधिकृत रत्नप्रकाश गिरीले जानकारी दिनुभयो ।
वडाको मत परिणाम
वडा नं. १ मा खसेको मत (३२६२)
रुख – १९०
छाता – ३०२
कलम – ६७
हसिया – ३५४
जग – २६९
वडा नं. २ मा (खसेको मत २९२२)
रुख – ४४६
छाता – ४३६
कलम – ३४३
वडा नं. ३ मा (खसेको मत ३१ सय बढी)
रुख – १७५
छाता – २३२
कलम – १९२
प्रतिक्रिया