प्रदेश

मत संख्यामा तलमाथि भएपछि कपिलवस्तुको विजयनगरमा मतगणना हुन सकेन्




कपिलवस्तु, ०२ जेठ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा मतगणना रोकिएको छ । आइतबार साँझबाट विजयनगरमा मतगणना रोकिन पुगेको हो ।

मतदान अधिकृतले दिएको मतसंख्या र मत गणनामा बसेका कर्मचारीले दिएको संख्यामा तलमाथि भएपछि दलहरुले आपत्ति जनाउँदै मतगणना रोकेका थिए । वडा नं. २ को मतगणनामा यस्तो भेटिन पुगेको जनाइएको छ ।

विजयनगर गाउँपालिकाका निर्वाचन अधिकृत भविश्वर पाण्डेका अनुसार रोकिएको मतगणना सुचारु गर्नका लागि सर्वदलिय बैठक आहन गरिएको छ । सर्वदलिय बैठक बसे पछि मतगणना सुरु गर्ने तयारी छ । ७ वडा रहेको विजयनगरमा वडा नं. १ र वडा नं. ७ मा एमालेका उम्मेद्वार विजयी भएका छन् ।

प्रकाशित : २ जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६