प्रदेश

शिवराजमा राप्रपा २ सय २० मतले अगाडि



कपिलवस्तु, ०३ जेठ । कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाका अजय थापाले अग्रता कायम राखेखेका छन । शिवराजका वडा १,२ ,९, १० र ११ को मतगणना सकिंदासम्म राप्रपाका उम्मेदवार थापाले ४ हजार ५ सय ३१ मत पाएका छन ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका महादेव पोख्रेलले ४ हजार ३सय ११ र नेपाली कांग्रेसका उम्मेदवार हुमकान्त खनालले २ हजार ८सय ७ मत पाएका छन् ।

१७हजार ७सय ४९ मत गन्दा सम्म नगर प्रमुख पदमा राप्रपाका उम्मेदवार थापा एमालेका उम्मेदवार पोख्रेल भन्दा २२० मतले अगाडि छन भने उप प्रमुख पदमा एमालेकि उम्मेदवार शिवकुमारी थारु १ हजार ५ सय ७३ मतान्तरले नेपाली कांग्रेसकि उम्मेदवार सारदा रायमाझि भन्दा अगाडि छिन।

उपमेयरमा नेकपा एमालेकि उम्मेदवार शिवकुमारी थारुले सुरुवाति अग्रता कायम राखेकि छिन । थारुले ८ हजार ८८१ मतसहित अग्रता लिएकि छिन । नेपाली कांग्रेसकि उम्मेदवार सारदा रायमाझिले ३ हजार ३०८ मत पाएकि छिन ।

प्रकाशित : ३ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६