कपिलवस्तुको विजयनगर गाउँपालिकामा दुई वडाको मतपत्र मिसिएपछी भएको विवादका कारण ३ दिन देखि मत गणना स्थगित भएको छ ।
विजयनगरको वडा नं २ र ६ को मतगणनाका लागि तयार गर्दै गर्दा वडा नं २ मा ६ को मतपत्र मिसिएपछी भएको विवाद पश्चात मतगणना रोकिएको विजयनगर गाउँपालिकाका मतदान अधिकृत भविश्वर पाण्डेले जानकारी दिएका छन् ।
पाण्डेका अनुसार आईतवार राति दुईवटै वडाको मतगणना का लागि तयार पारेपछी मतदान स्थलको नाम मिल्दो विधालय जन जागृति भएको मतपेटीका खन्याउने क्रममा मिसिएको बताए । उनले मतपेटिका मिसिएपनी मतदान अधिकृतको हस्ताक्षेत्रबाट मतपत्र अलग गराउन सकिने भएपनी विवाद भएपछी आयोगको निणर्य कुरेको बताए ।यता जसपाका नेता कार्यक्रर्ताहरुले १३२ मत गाएव भएको बताएका छन् । मुचुल्का र मतपत्रमा १३२ मत नभेटिएको उनिहरुको आरोप छ । विजयनगरमा यस अगाडी वडा नं १ र ७ मा नेकपा एमाले ले जित निकालेको छ ।
३ जेष्ठ २०७९, मंगलबार
प्रतिक्रिया