बाणगंगा, ०४ जेठ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको मतगणना जारी छ । ११ वडा रहेको बाणगंगामा ८ वडाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।
८ वडाको मतपरिणाम सार्वजनिक हुँदा अहिलेसम्म ३५ हजार ४३८ मत गणना भएको छ । जसमा एमालेका मेयरका उम्मेद्वार चक्र अर्यालले १४ हजार ८ सय ७८ मत ल्याएर अग्रता बढाएका छन् । नेपाली कांग्रेसका उम्मेद्वार रविराज आचार्यले १३ हजार ८ सय ४३ मत पाएका छन् । अर्याल र आचार्यको मतान्तर १ हजार ३५ छ ।
उपमेयरमा पनि एमालेकी उम्मेद्वार रिता थारुले फराकिलो अन्तर बनाएकी छिन् । थारुले १५ हजार ५२ मत पाउँदै कांग्रेसकी उम्मेद्वार तारावती चौधरीलाई पछाडी पारेकी छिन् । चौधरीले १३ हजार ८ सय ४७ मत पाएकी छिन् । थारु र चौधरीको मतान्तर १ हजार २ सय ५ छ ।
बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा ४८ हजार ८९१ मत खसेको थियो । अब नगरका वडा नं ५, वडा नं ६ र वडा नं ७ को मतगणना जारी छ ।
वडा न.१,२,३,४,८,९,१०,११ को मत परिणामा पुर्ण विवरण यसरि हेर्नुहोस
प्रतिक्रिया