प्रदेश

गणतन्त्र दिवस ३ दिन मनाउने सरकारको निर्णय




कपिलवस्तु, ०५ जेठ ।
सरकारले गणतन्त्र दिवस ३ दिन मनाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस–०७९ मुल समारोह समितिको बैठकले सो निर्णय गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ मा विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवश मनाउने निर्णय गरेको छ । निर्णय अनुसार जेठ १४ मा साँझ संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा र ब्यानर सजाएर दिपावली गरिनेछ । समितीले नागरिकलाई पनि दिपावली गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
१५ जेठमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गरी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्ट टुँडिखेलमा औपचारिक मूल समारोह गरिने गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले बताए । सो साँझ सरकारी तथा सार्वजनिक कार्यालयहरूले आ–आफ्नो कार्यालय एवं सार्वजनिक स्थलहरूमा दिपावली गर्ने निर्णय गरिएको छ । १६ जेठमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट जागरण गीत प्रशारण गर्ने तथा देशवासी र सरकारी तथा सार्वजनिक निकायहरूले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिक स्थलहरूमा साँझ दिपावली गरेर मनाउने निर्णय गरिएको छ ।

समितीले विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा बाणिज्य दूतावासहरुमा राष्ट्रिय झण्डा फहराउने र दीप प्रज्वलन गर्ने निर्णय गरेको छ । प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहहरूमा सरकारी कार्यालय र प्रतिष्ठानहरूमा राष्ट्रिय झण्डा फहराउने तथा ३ दिन साँझ दिपावली गर्ने निर्णय गरिएको छ ।

प्रकाशित : ५ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६