प्रदेश

पोखराकाे मतगणना स्थलबाट २ जना नक्कली प्रतिनिधि पक्राउ



कास्की, ०६ जेठ । पोखरा महानगरपालिकाको मतगणना स्थलमा प्रहरीले दुई जना नक्कली प्रतिनिधिलाई पक्राउ गरेको छ । नक्कली कार्ड बोकेर मतगणना स्थलमा पुगेका दुई जनालाई कास्की प्रहरीले आज शुक्रवार पक्राउ गरेकाे हो । 

मतगणना स्थलको मुख्य प्रवेशद्वारबाट नक्कली कार्ड भिरेर छिर्न खोजेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये एक जनाले जनमत पार्टीको नक्कली प्रतिनिधि कार्ड भिरेका र अर्का व्यक्तिले नक्कली परिचय पत्र बनाएर लगाएको कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले जानकारी दिनुभयाे ।  

राजनीतिक दलको गणक प्रतिनिधिको रूपमा नक्कली पास बनाएर गणनास्थल प्रवेश गर्न खोज्ने दुई जनालाई मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरबाट प्रहरीले पक्रिएको हो । उनीहरूलाई वडा प्रहरी कार्यालय बैदाममा लगिएकाे र अनुसन्धान भइरहेकाे छ ।

प्रकाशित : ६ जेष्ठ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६