कपिलवस्तु, ०६ जेठ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले पहिलो महिला उप-प्रमुख पाएको छ । गएको बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बाणगंगाले महिला उप-प्रमुख पाएको हो । संविधानमा नगरको प्रमुख, उपप्रमुख मध्ये एक जना महिला अनिवार्य भएपनि गएको ०७४ सालमा सम्पन्न निर्वाचनमा बाणगंगाको उप-प्रमुख महिला विहिन थियो ।
तत्कालिन बेला नेकपा (एमाले)ले विमला घिमिरेलाई नगर प्रमुखको उम्मेद्वार बनाउँदै नगर उप-प्रमुखमा चक्रपाणी अर्याललाई टिकट दिएको थियो । कांग्रेस, माओवादी गठबन्धनले भने नगर प्रमुखमा कांग्रेसबाट मंगलप्रसाद थारु र नगर उपप्रमुखमा माओवादीबाट टोपनारायण बेल्वासे दुबै पदमा पुरुष उम्मेद्वार बनेका थिए ।
तर, गठबन्धनबाट नगर प्रमुखमा थारु निर्वाचित भए भने एमालेबाट नगर उपप्रमुखमा अर्याल निर्वाचित भए । यसले गर्दा बाणगंगा ५ बर्ष महिला उपप्रमुख विहिन बनेको थियो । हालै सम्पन्न निर्वाचनमा एमालेबाट उपप्रमुखमा रिता कुमारी चौधरी निर्वाचित भएकी छिन् । थारुले कांग्रेसकी उम्मेद्वार तारावती चौधरीलाई पराजित गरेकी थिइन् । उप-प्रमुख चौधरीले शुक्रवार पदभार ग्रहण गरेकी छिन् । पदभार ग्रहण गर्दै थारुले संविधानले दिएका कुरालाई मध्यनजर गर्दै पछाडी परेका जाती, समुदायको हकहितमा काम गर्ने प्रतिवद्धता जनाएकी छिन् ।
प्रतिक्रिया