प्रदेश

सैनामैनाको मेयरमा कांग्रेसका शर्मा र उपमेयरमा एमालेकी राना वियजी



बुटवल, ६ जेठ । रुपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्मा र उपमेयरमा नेकपा एमालेका विना राना मगर निर्वाचित भएका छन् । शर्माले नेपाल कम्युनिष्ट पार्टी एमालेका चित्रबहादुर कार्कीलाई ५८२ मतान्तरले हराउँदै गर्दै निर्वाचित भएका हुन् ।

शर्माले १५ हजार ६८६ मत ल्याएर निर्वाचित हुँदा कार्कीले १५ हजार १०४ मत मात्र पाए । शर्माले २०७४ मा कार्कीसँग पराजित भएका थिए । यस्तै उपमेयरमा नेकपा एमालेका बिना राना मगर निर्वाचित भएकी छन् । रानाले माओवादी केन्द्रका मानबहादुर महतलाइ २०४२ मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् ।

रानाले १५ हजार ७६२ मत पाएर निर्वाचित हुँदा महतले १३ हजार ७२० मत मात्र पाए । राना २०७३ सालमा पनि उपमेयर जितेकी थिइन् ।

प्रकाशित : ६ जेष्ठ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६