पशुपति गिरी
कपिलवस्तु, ६ जेठ
कपिलवस्तुको बाणगंगा नगरपालिका ८ का वडाध्यक्ष बाबुराम अर्यालले वडामा शैक्षिक सुधारका लागी उदाहरणीय काम गर्ने बताएका छन् । शुक्रबार सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै अर्यालले आफ्नो पाँचवर्षे कार्यकालमा शैक्षिक सुधारका लागी उदाहरणीय काम गर्ने बताएका हुन् ।
पदभार ग्रहण गर्दै अर्यालले भने, ‘वडामा शैक्षिक सुधारका लागी उदाहरणीय काम गर्छु । वडालाई शैक्षिक हवको रुपमा विकास गर्न विशेष पहल अझै आवश्यक छ ।’
उनले शिक्षा क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने जिकीर गरे । शैक्षिक सत्र २०८९÷८० लाई सफल बनाउन वडाले विशेष सहयोग उनले बताए । उनले शैक्षिक कार्यक्रमलाई प्रभावकारी बनाउदै समस्या समाधानका लागी सबै सरोकारवालाहरुको सल्लाह सुझाव पनि बताए । विद्यालय जाने उमेर पुगेका सबैलाई केन्द्रमा राखेर विद्यालय जाने वातावरण सिर्जना गर्न उनले आग्रह गरे । फरक क्षमता भएका बालबालिकालाई वडाले विशेष प्राथमिकता दिने उनले बताए ।
प्रतिक्रिया