प्रदेश

मधुवन सामुदायिक वनद्धारा एक दिने जडिबुटी पहिचान तथा प्रयोग विधि सम्बन्धी गोष्ठी




हरि घिमिरे, ०९ जेठ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. ८को मधुवन सामुदायिक वन उपभोक्ता समुहले जडिबुटी पहिचान तथा प्रयोग विधि सम्बन्धी एक दिने गोष्ठी सम्पन्न गरेको छ । वनले उपभोक्ताहरुको जनचासो अनुसार गोष्ठी गरेको हो । सामुदायिक वनको सभाहलमा आईतवार सम्पन्न गोष्ठीमा जडिबुटीको पहिचान र त्यसको प्रयोगको विधिबारे जानकारी गराईएको थियो । समुदायिक वनभित्र रहेका प्रशस्त जडिबुटीको पहिचान र कसरि प्रयोग गर्ने भन्ने बारेमा अहिले सम्म थाहा थिएन एक उपभोक्ताले भने । उनले भने ‘हामिले १ दिनको भएता पनि तालिम पायौं हामि सबैले लाभ लिएका छौं’ । “जडिबुटकिो पहिचान र त्यसको समयानुसारको प्रयोग गर्न सक्ने भयौं उनले भने ।” गोष्ठीमा मोतिपुर आयुर्वेद केन्द्र बाणगंगाका प्रमुख कविराज तेज बहादुर सोमै, आयुर्वेद चिकित्सक बैद्यराज दिपक पन्थी, जिवलाल पौडेलले प्रयोगात्मक प्रशिक्षण गराउनु भएको थियो । कार्यक्रममा मधुवन सामुदायिक वन उपभोक्ता समुहमा अध्यक्ष खिमलाल खरेल(गोपाल)को अध्यक्षता, वडा सदस्य सारदा परियार, जिवनाथ कंडेलको आतिथ्यता रहेको कार्यक्रमको संचालन मेहन अधिकारीले गरेका थिए । गोष्ठीमा करिव २ सय भन्दा वढि उपभोक्ताको उपस्थीति रहेको थियो ।

प्रकाशित : ९ जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६