प्रदेश

नीति तथा कार्यक्रम आज संसदमा पेस हुँदै



काठमाण्डौ, १० जेठ । आउँदो आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेस हुँदैछ । दिउँसो ४ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।

सरकारको नीति तथा कार्यक्रममा आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तारलगायत कार्यक्रम समावेश गरिएको छ । नीति तथा कार्यक्रमका आधारमा आउँदो १५ गते बजेट संसदमा पेस हुनेछ । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारले आउँदो आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुपर्छ ।

प्रकाशित : १० जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६