काठमाण्डौ, १० जेठ । देशभरका ७ सय ५३ वटा पालिकामध्ये अहिलेसम्म ७ सय ३५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । २ सय ७५ नगरपालिका र ४ सय ५९ गाउँपालिका गरी ७ सय ३४ पालिकाको नतिजा सार्वजनिक भएको हो । अब १८ वटा पालिकाको मतपरिणाम आउन बाँकी छ ।
सार्वजनिक नतिजा अनुसार कांग्रेसले अहिलेसम्म ३ सय २१ वटा पालिकाको प्रमुख पद जितेर पहिलो पार्टी बनेको छ । यस्तै दोस्रोमा रहेको नेकपा एमालेले २ सय वटा पालिकाको प्रमुख पद जितेको छ । उसले ७७ वटा नगरपालिका र १ सय २३ वटा गाउँपालिकामा प्रमुख जितेको हो ।
तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले २५ वटा नगरपालिका र ९६ वटा गाउँपालिका गरी १ सय २१ वटा पालिकाको प्रमुख पद जितेको छ ।
यस्तै, जनता समाजवादी पार्टीले २९, नेकपा एकीकृत समाजवादीले १९ र लोकतान्त्रिक समाजवादी पार्टीले १५ वटा पालिकाको प्रमुख पद जितेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले चार–चार वटा पालिकाको प्रमुख पद जितेका छन् ।
यस्तै, जनमत पार्टीले दुई तथा नेपाल मजदुर किसान, विवेकशील साझा, तमलोपा र जनप्रगतिशील पार्टीले एक–एक वटा पालिकाको प्रमुख जितेका छन् । स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको पालिकाको प्रमुख पद जितेका छन् ।
मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षमा दलगत विवरण
नेपाली कांग्रेस
मेयर/अध्यक्ष–३ सय २१
उपमेयर/उपाध्यक्ष–२ सय ९६
नेकपा एमाले
मेयर/अध्यक्ष–२ सय
उपमेयर/उपाध्यक्ष–२ सय २८
माओवादी केन्द्र
मेयर/अध्यक्ष–१ सय २१
उपमेयर/उपाध्यक्ष–१ सय २८
जसपा
मेयर/अध्यक्ष–२९
उपमेयर/उपाध्यक्ष–३०
एकीकृत समाजवादी
मेयर/अध्यक्ष–१९
उपमेयर/उपाध्यक्ष–२१
लोसपा
मेयर/अध्यक्ष–१५
उपमेयर/उपाध्यक्ष–११
राप्रपा
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–४
जनमोर्चा
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–३
नागरिक उन्मुक्ति पार्टी
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–३
जनमत पार्टी
मेयर/अध्यक्ष–२
उपमेयर/उपाध्यक्ष–१
मजदुर किसान पार्टी
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१
तमलोपा
मेयर/अध्यक्ष–१
जनता प्रगतिशील पार्टी
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१
विवेकशील साझा
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१
स्वतन्त्र
मेयर/अध्यक्ष–१२
उपमेयर/उपाध्यक्ष–४
प्रतिक्रिया