प्रदेश

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रद्वारा राजीनामा




काठमाण्डौ, ११ जेठ । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पदबाट राजीनामा दिनुभएको छ । पालिका चुनाव २०७९ मा सोचेअनुसार परिणाम ल्याउन नसकेको भन्दै आफूले राजीनामा दिएको उहाँले बताउनुभएको छ । मिश्रले आफ्नो फेसबुक पेजमा स्टाटस शेयर गर्दै यसबारे जानकारी गराउनुभएको हो ।

हाम्रा उम्मेदवारहरू इमानदार र सक्षम हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छुु उहाँले लेख्नुभएको छ, निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु । उहाँले आफू पार्टीको साधारण सदस्य भने रहिरहने बताउनुभएको छ ।

प्रकाशित : ११ जेष्ठ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६