प्रदेश

दाङमा सिकार खेल्न गएका बेला गोली लागेर एक जनाको ज्यान गयो




दाङ, १४ जेठ । दाङमा सिकार खेल्न गएको बेला गोली लागेर एक जनाको ज्यान गएको छ ।
बङ्गलाचुली गाउँपालिका–८ रानीखुट्टी जङ्गलमा सिकार खेल्न गएका लमही–१ वसन्तपुरका २३ वर्षीय कालुराम घर्तीमगरको ज्यान गएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख पुष्पराज थापाले जानकारी दिनुभयो ।

सिकार खेल्न बारुद भरिएको बन्दुक भिरेर लस्करै हिँडेको बेला पड्किएको प्रहरीको भनाइ छ । घटनापछि ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना नाबालक छन् ।

प्रहरीले लमही–१ वसन्तपुरका ४० वर्षीय जीवलाल घर्तीमगर, ४५ वर्षीय बुद्धिमान घर्तीमगर, ५० वर्षीय ओमबहादुर घर्तीमगर, मृतकका दाइ २८ वर्षीय मीनबहादुर घर्तीमगर, दिलबहादुर घर्तीमगर र खगेन्द्र घर्तीमगरलाई पक्राउ परेका गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : १४ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६