प्रदेश

सांसद शान्ता चौधरीले गगन थापालाई भनिन्, तपाईंमा मानवता हराउन लागेको हो ?




काठमाडौं, १४ जेठ । नेकपा एमालेकी सांसद शान्ता चौधरीले अध्यक्ष केपी शर्मा ओलीबारे कांग्रेसका महामन्त्री गगन थापाले गरेको टिप्पणीको खण्डन गरेकी छन् ।

शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै महामन्त्री थापाले रन्थनिएका बेला जसरी पनि बोल्दा हुने बताएका थिए ।

थापाले भनेका थिए, ‘रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ ।’

बिहीबार नीति तथा कार्यक्रममाथि धारणा राख्दा एमाले अध्यक्ष ओली रोष्ट्रममै कुर्सी मगाएर बसेका थिए । बसेर धारणा राखेकोप्रति कांग्रेस महामन्त्री थापाले टिप्पणी गरेको भन्दै एमाले सचेतक चौधरीले मानवताको विषय उठाएकी हुन् ।

‘‘तपाईंले आज प्रतिपक्षी नेताको स्वास्थ्यमा समस्या आएपछि बसेर बोलेको कुरालाई नकारात्मक ढंगले संसदमा विरोधाभास ढंगले बोल्दा तपाईमा पनि गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो’ चौधरीले सामाजिक सञ्जालमा लेखेकी छन् । साभार

प्रकाशित : १४ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६