प्रदेश

मौसम खराब हुँदा तारा एयरको जहाज खोज्न समस्या, हेलिकोप्टर जोमसोममै फर्कियो




काठमाडौं, १५ जेठ । मौसम खराब भएपछि जोमसोमबाट ताराको सम्पर्कविहीन ट्विनअटर खोज्न गएको हेलिकोप्टर जोमसोम विमानस्थलमा फर्किएको छ । हुस्सु र पानी परेकाले खोजी र उद्धारका लागि गएको फिस्टेल एयरको हिलिकोप्टर फर्किएको पोखरा नागरिक उड्डययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले बताए ।

पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको ९ एन एईटी ट्विनअटर जहाज लेतेपास नजिक पुगेपछि सम्पर्कविहीन भएको थियो । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । सो जहाजमा १९ यात्रु र ३ जना चालक दलका सदस्यसहित २२ जना छन् ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर जहाजको खोजी भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आज बिहानैदेखि मुस्ताङसहितका उच्च पहाडी र हिमाली भागमा बदलीको अवस्था छ । अपराह्नदेखि मौसम अझै प्रतिकूल हुने पूर्वानुमान गरिएको छ ।

मौसमविद हिरा भट्टराईले भने, ‘मुस्ताङको थाकमार्फा केन्द्रमा ०।२ मिलिमिटर पानी परेको रेकर्ड छ, जसलाई हामी नगन्य भन्छौं । तर उच्च पहाडी र पहाडी क्षेत्रका अधिकांश स्थानमा आज बिहानैदेखि बदलीको अवस्था थियो ।’ उनले आज अपराह्नदेखि सो क्षेत्रमा मौसम अझै प्रतिकूल हुने पूर्वानुमान गरिएको बताए ।

मौसमविद भट्टराईले भने, ‘अपराह्न हुँदै जाँदाखेरि पानी पर्ने सिस्टम झन् बलियो हुँदै जाने देखिन्छ । त्यसैले पोखरा, मुस्ताङ एरियातिर आकाश खुल्ने सम्भावना धेरै कम छ । तराईतिर भने अलि–अलि खुल्ला ।’

घाँसाका स्थानीय विशाल शेरचनका अनुसार त्यहाँ बादल अहिले लागिरहेको छ र पानी पनि परिरहेको छ ।हिमाली र उच्च पहाडी धेरै भागमा मौसमबारे सूचना दिने स्टेशनहरु प्रयाप्त छैनन् । त्यसैले सूचना संकलनमा समस्या हुने गरेको मौसमविदहरु बताउँछन् । साभार

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६