प्रदेश

पाल्पामा जबरजस्ती करणी आरोपमा एक पक्राउ




जेठ १५ प्रेसपार्टी ।
पाल्पा : पूर्वखोला गाउँपालिका–३, रिङनेरहबाट ३१ वर्षीय श्यामबहादुर दर्जीलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पूर्वखोलाको द्वारेगौडा बस्ने दर्जीलाई २५ वर्षीया महिलालाई जबरजस्ती गरेको आरोपमा पक्राउ गरिएको हो । पूर्वखोला गाउँपालिका बस्ने ती महिलालाई शुक्रबार घरमा कोही नभएको अवस्थामा करणी गरेको आरोप दर्जीमाथि लागेको छ ।
यसैबीच, जेठ ११ गतेदेखि सम्पर्कविहीन भएकी युवती चार दिनपछि कालीगण्डकी नदी किनारमा मृत अवस्थामा भेटिएकी छन् । रम्भा गाउँपालिका–१, अमलीकी २२ वर्षीया अस्मिता विश्वकर्मा घरदेखि तीन किलोमिटर टाढा मृत भेटिएकी हुन् । घरबाट एक्लै कसैलाई नसोधी हिँडेको र खोजतलास गर्ने क्रममा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।
इलाका प्रहरी कार्यालय पूर्वखोला र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अधिकृतहरुको टोलीले श्यामबहादुरलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६