प्रदेश

शिवराज नगर कार्यपालिकाको निर्वाचनमा एमाले–कांग्रेस गठबन्धन विजयी




१५ जेष्ठ
कपिलवस्तुको शिवराज नगरपालिका नगर कार्यपालिकाको निर्वाचनमा एमाले र कांग्रेस गठबन्धन विजयी भएको छ । आइतबार भएको कार्यपालिकाको निर्वाचनमा एमाले, कांग्रेसको गठबन्धनका उम्मेद्वार विजयी भए । विजयी उम्मेद्वारले समान ३८ मत प्राप्त गरेका थिए ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालको संयुक्त गठबन्धनले समान १९ मत प्राप्त गरेको छ । नगर नगर कार्यपालिकाको सदस्यमा नेकपा एमालेको तर्फबाट खगी सुनार, गंगा घर्ती मगर, बुद्धिकला भण्डारी र प्रेम सुनार विजयी भएका छन् ।
त्यसैगरि नेपाली कांग्रेसको तर्फबाट सन्त बहादुर धोवी, सिमरन बिक, बिष्णु कुँवर पाण्डे र हेवन्चली चमार विजयी भएका छन् । अब शिवराजको नगर कार्यपालिका सदस्यको संख्या २१ सदस्यीय भएको छ । शिवराजमा नगर प्रमुख राप्रपाका अजय थापा निर्वाचित भएका थिए । राप्रपाका अन्य कुनै पनि सदस्य नगर कार्यपालिकाका छैनन् ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६