जीवनशैली

गणतन्त्र दिवसको अबसरमा ४८ वार्षिय गुल्मीकी आचार्यलाई नेपाली नागरिकता




जेठ १५,
नागरिकको परिचय दिन वा राज्यले प्रदान गर्ने सेवा सुविधाको उपभोग गर्नका लागि नेपाली नागरिकता निकै महत्वपूर्ण मानिन्छ । नेपाली नागरिकता समयमा नहुदाँ थुप्रै नागरिक राज्यले प्रदान गर्ने सेवा सुविधाबाट बन्चित छन् । तर गुल्मीको जिल्ला प्रशासन कार्यालयले गणतन्त्र दिवसको अवसरमा नागरिकले प्रत्यक्ष अनुभुति गर्ने रचानात्मक काम गरेको छ ।
गणतन्त्र दिवसको अवसरमा गुल्मीका प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलले पुनीकला आचार्यलाई घरमै गएर नागरिकता प्रदान गरेका छन् । गणतन्त्र दिवसको अवसर जिल्लाको रेसुंगा नगरपालिका १४ की पूर्ण अशक्त ४८ बर्षीय पुनीकला आचार्यलाई घरमै पुगेर नेपाली नागरिकता हस्तान्तरण गरिएको हो ।
गणतन्त्र दिवस नागरिकहरुले अनुभूती गर्ने खालको होस भनेर घरमै गई नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलले बताए । गणतन्त्र दिवसको अबसरमा रचानात्मक कार्य गर्ने उद्येश्यले कार्यालयको परिसरमा सरसफाई गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
नेपाली नागरिकता नहुदाँ सामाजिक सुरक्षा भत्ता लगायतका सेवाबाट बन्चित रहेकी आचार्य नागरिकता पाएपछि उत्साहित भएकी छन् । गणतन्त्र दिवसको अवसरमा घरमै आएर नेपाली नागरिकता प्रदान गरेकोमा जिल्ला प्रशासन कार्यालय गुल्मीको सम्पूर्ण टोलीलाई आचार्यले धन्याबाद ब्यक्त गरिन् ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६