प्रदेश

मूल्य वृद्धिको विरोधमा अनशन जारी




दाङ १५ जेठ
मूल्य वृद्धिको विरोधमा दाङमा तीन दिनदेखि दुई युवा अनशन बसेका छन् । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरिएको मूल्य वृद्धिको विरोधमा लमही बसपार्क नजिकै दुई जना युवा अनशन बसेका हुन् । अनशन बस्ने लमही नगरपालिका–५ का डिल्लीराज खनाल र वडानम्बर ४ का बाबु रोका मगर हुन् ।
डिल्लीराज खनालले सरकारले मूल्य वृद्धि फिर्ता लिएमात्र आफूहरूको अनशन तोडिने बताए । लमही नगरपालिकाका प्रमखु जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगीसहितको टोलीले आइतबार उनीहरु समक्ष पुगेर अनशन तोड्न आग्रह गरेका छन् । नगरपालिकाको टोलीले अनशनरत दुई जनाको स्वास्थ्य चेकजाचसमेत गरेको छ ।अहिलेसम्म स्वास्थ्य अवस्था सामान्य भए पनि अनशन नतोडिए स्वास्थ्य अवस्था गम्भीर हुँदै जाने लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठाकुर भट्टराईले बताए ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६