प्रदेश

गणतन्त्र दिवसमा कपिलवस्तु कारागारका १७ कैदी रिहा




कपिलवस्तु १५ जेठ ।गणतन्त्र दिवसमा आईतवार कपिलवस्तु कारागारका १७ कैदीहरुलाई रिहा गरिएको छ । राम्रो चालचलन भएका कैदीहरुलाई रिहा गरिएको हो । बिभिन्न मुद्दामा अदालतद्धारा तोकिएको ४० देखि ५० प्रतिशत सजाय भुक्तान गरेका कैदीहरुलाई कारागार ब्यवस्थापन बिभागको आदेशमा उनीहरुलाई छाडिएको कारागारका जेलर मनोज सैनीले बताए ।
कारागारले ५० प्रतिशत सजाय भुक्तान गरेका १३ जना र ४० प्रतिशत सजाय भुक्तान गरेका ११ जना सिफारिस गरेर पठाइएकोमा १७ जना रिहा भएको जेल सैनीले बताए । रिहाईकालागि कैदीको चालचलन, कैद भुक्तान अवधिलाई आधार बनाईएको थियो । रिहाई हुने कैदीहरुलाइृ स्वागत गरी घरमा लैजान कारागार परिसरमा आफन्तहरुको भीड लागेको थियो ।
कैदीको अवधि बाकी छदै रिहा भएका कैदीहरु निकै खुशी देखिन्थे । पुराना तीता अनुभवहरु सबै बिर्सेर नया जीवन बिताउने योजनामा रहेको रिहा भएकाहरुले उनीहरुले बताए । आफुहरुले देश, समाज र परिवारकालागि सहीढंगले काम गर्नु पर्ने उनीहरको भनाई थियो । अनुशासित कैदी रिहा भएकोमा आफुलाई पनि संतुष्टी मिलेको जेलर सैनीले बताए । कारागारमा अहिले ४ सय २८ जना कैदी बन्दी छन ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६