काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलले सोमबार पद तथा गोपनीयताको शपथग्रहण लिएका छन्। सोमबार महानगरका मुख्य निर्वाचन अधिकृतले प्रमुख साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताका शपथ ग्रहण गराएका हुन्।
यसलगत्तै प्रमुख साहले उपप्रमुख डंगोललाई र त्यसपछि ३२ वडाका अध्यक्षलाई शपथग्रहण गराएका छन्। शपथग्रहण गर्नुअघि महानगरका ३२ वटै वडाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
शपथग्रहणपश्चात् नवनिर्वाचित जनप्रतिनिधिहरूले आजै पदभार ग्रहण गर्नेछन्। मेयर(उपमेयरलाई महानगरको मुख्यालयमा स्वागत गर्ने कार्यक्रम तय भएको कामपाले जनाएको छ। दुवैजनाले सोमबार दिउँसो नै सुन्धारास्थित महानगरको मुख्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ।
प्रतिक्रिया