कृषि

सिक्टा सिँचाइ आयोजनामा एक अर्ब ८८ करोड रुपियाँ बजेट विनियोजन, ३३ करोड वृद्धि




१६ जेठ
सरकारले बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनालाई प्रमुख प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । सो आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० मा खर्च गर्ने गरी एक अर्ब ८८ करोड रुपियाँ विनियोजन गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गर्नुभएको बजेटमा पश्चिम नेपालको बहुप्रतिक्षित सो आयोजनाका लागि उक्त रकम विनियोजन गरिएको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख सन्तोष कैनीले गत आर्थिक वर्षमा सो आयोजनाका लागि एक अर्ब ५५ करोड रुपियाँ विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि ३३ करोड रुपियाँ थप गरेर एक अर्ब ८८ करोड रुपियाँ विनियोजन गरिएको बताउनुभयो ।
उहाँले सरकारले सो आयोजनालाई प्रमुख प्राथमिकतामा राखेर बजेट वृद्धि गरेको जनाउँदै बजेटलाई आयोजनाको निर्माण कार्य पूरा गर्नमा तीव्ररुपमा खर्च गरिने बताउनुभयो । सरकारले विनियोजन गरेको सो बजेट आयोजनाको पश्चिम मूल नहर मर्मत र सञ्चालनलाई निरन्तरता दिनुका साथै पूर्वी मूल नहरको निर्माण र गुरुवा गाउँ शाखा नहरको निर्माण शुरु गर्नमा खर्च गरिने आयोजना प्रमुख कैनीले बताउनुभयो ।
उहाँले यसका साथै क्रमगत रुपमा सञ्चालन हुँदै आएका आयोजनाका काममा पनि सो बजेट खर्च गरिने जनाउनुभयो । आगामी आर्थिक वर्षमा पूर्वी मूल नहरको नरैनापुरसम्मको ४४ देखि ५३ किलो मिटरको अध्ययनलगायत गुरुवा गाउँ शाखा नहरको निर्माण शुरु गर्ने र पश्चिमी तथा पूर्वी मूल नहरको निर्माण र मरम्मत तथा सिँचित क्षेत्र बचावटलाई प्राथमिकतामा राखिने आयोजनाले जनाएको छ ।

प्रकाशित : १६ जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६