प्रदेश

महिला हिंसा नसहन वाणगङगाकी उपप्रमुख चौधरीको आग्रह




प्रयास पोख्रेल
कपिलबस्तु१६ जेष्ठ ।चौथो राष्ट्रिय महिला अधिकार दिवस २०७९ को अवसरमा देशभरमा बिबिध कार्यक्रम गरी मनाइएको छ । यसैबिच कपिलबस्तुमा पनी ’महिलाको सम्मान, सभ्य समाजको पहिचान’ भन्ने राष्ट्रिय नाराका साथ चौथो राष्ट्रिय महिला अधिकार दिवस मनाइएको छ ।
चौथो राष्ट्रिय महिला अधिकार दिवस २०७९ को अवसरमा वाणगँगा नगरपालिकाकी उपप्रमुख रिता चौधरीले शुभकामना सन्देश दिँदै नीति निर्माण एवं निर्णय प्रक्रियामा महिला सहभागिता अभिवृद्धि गर्दै आर्थिक सशक्तीकरणका माध्यमबाट सामाजिक न्यायसहितको राष्ट्रिय समृद्धि हासिल गर्न सबैको सामूहिक क्रियाशीलताका लागि सबैलाइ एकजुट हुन आग्रह गर्नुभएको छ ।
उपप्रमुख चौधरीले महिलामाथि हुने सामाजिक विभेदविरुद्ध कानुनको प्रभावकारी कार्यान्वयनः आवश्यकताअनुसार कानुनमा सुधार, अभिभावक, शैक्षिक संस्थाका साथै कार्यथलोका व्यवस्थापक, सञ्चालकलगायत सरोकारवाला बीच व्यापक रूपमा सचेतनामूलक अभियान सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
उपप्रमुख चौधरीले अबको ४ बर्षमा बाणगँगा नगरपालिकामा हुने गरेका महिला हिंसाको बिरुद्धमा सकृय भएर लाग्ने बताउनुभएको छ । महिला शसक्तिकरणको लागी नगरले अब आउने दिनमा बिभीन्न तालिम प्रदान गरीने योजना समेत रहेको बताउनुभएको छ ।
२०६३ साल जेठ १६ गते तत्कालीन पुनः स्थापित संसद्ले राज्यका सबै निकायमा ३३ प्रतिशत महिलाको सुनिश्चितता लगायत महिला अधिकारका सवालमा चार बुँदे सङ्कल्प प्रस्ताव पारित भएको दिनलाई नेपाल सरकारले २०७६ सालदेखि राष्ट्रिय महिला अधिकार दिवसका रुपमा मनाउन थालेको हो ।

प्रकाशित : १६ जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६