प्रदेश

“पाँच वर्षे कार्ययोजना बनाएर विकास गर्छु” यशोधरा गाउँपालिका अध्यक्ष तिवारी




जानु पाण्डे
जेठ १७
कपिलबस्तु । गाउँपालिकाको दिगो विकासको लागि पञ्च वर्षिय कार्ययोजना बनाएर कार्यान्वय गर्ने कपिलवस्तुको यशोधरा गाउँपालिका अध्यक्ष शिव दयाल तिवारीले बताउनु भएको छ । गाउँपालिकामा बन्दै गरेका ८.५ किलोमिटर कालोपत्रे सडक सिलन्यास कार्यक्रममा बोल्दै अध्यक्ष तिवारीले पालिकाले ठोस योजना बनाउन नसक्दा विकासको सवालमा कमजोर भएको बताउनु भएको छ ।
यशोधरा गाउँपालिका भारतीय सिमा सँग जोडिएको हुँदा कृषि, उद्योग, पर्यटन, व्यवसायमा अत्याधिक लाभ लिन सकिने भए पनि भौतिक पुर्वाधारको कमिको कारण पछाडी परेको तिवारीले बताउनु भयो ।
पालिका अध्यक्षमा नव निर्वाचित हुनु भएका तिवारीले गाउँपालिकामा स्वास्थ्य, शिक्षा, कृषि, सिंचाईको अवस्था परीवर्तनका लागि प्रदेश र संघिय सरकारका ठुला योजना समेटिनु पर्ने बताउनु भयो ।
गाउँपालिकामा उच्च शिक्षा अध्ययन गर्न क्याम्पस नभएको हुँदा स्थापनाको लागि पालिकाले योजना बनाउने बताउनु भयो ।
उहाँले गाउँपालिकामा विपन्न समुदायको घरधुरी धेरै भएको हुँदा खरको छानो मुक्त बनाउनको लागि प्रयासरत रहने समेत बताउनु भयो । गाउँपालिका स्वच्छ खानेपानी र एक घर एक धारा अभियान सञ्चालन गर्न प्रदेश सरकार सँग समन्वय गर्न भूमिका खेल्ने बताउनु भयो ।

प्रकाशित : १७ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६