प्रदेश

अब ६८ वर्ष पुगेका नेताहरू काम गर्न छोडेर भत्ता खाएर बस्नुस्ः विमला राई पौड्याल



काठमाण्डौ, १७ जेठ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभामा आज मङ्गलवारदेखि आउँदो आर्थिक वर्ष २०७९र०८० को बजेटमाथि छलफल सुरु भएको छ ।

छलफलमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले सदस्य पौड्यालले सरकारले वृद्ध भत्ताको उमेर हद दुई वर्ष घटाएर ६८ पुर्‍याएकोमा आपत्ति जनाउनुभएको छ । देश आर्थिक सङ्कटमा फसिरहेको बेलामा सरकारको यो निर्णयले देशलाई नै आर्थिक भार बढाउने उहाँले बताउनुभयो ।

उहाँले पाँच महिना बाँकी हुँदा सरकारले देशमा आर्थिक दायित्व थपेको आरोप लगाउँदै भन्नभयो, ‘जति औसत आयु बढ्दै जान्छ, त्यति भत्ता पाउने उमेर बढाउनुपर्छ । प्राकृतिक नियम त्यो हो । तर हाम्रोमा नियम पछाडि दौडेको छ । दुई वर्ष घटाइएको छ । यो घटाउँदा कति आर्थिक दायित्व पर्छ भन्ने कुरा थाहा छैन । अर्को सरकारले क्रमशः ६५, ५५ बनाउँछु भन्यो भने के गर्ने ? भोट माग्ने राजनीति न भएको छ । अहिले जुन काम गर्न नसक्ने भनेर ६८ राख्नुभएको छ, प्रधानमन्त्रीज्यू अस्ति नै पुगिसक्नुभएछ ६८ त । अरू शीर्ष नेताहरू सबै ६८ वर्ष पुगिसक्नुभएको छ । उहाँहरू सबैले काम गर्न छोडेर भत्ता खाएर बस्नुस्, काम गर्न सक्नुहुन्न भने । पाँच महिनाको सरकारले यसरी दायित्व थप्न मिल्छ रु यो उमेर घटाउने बेला हो रु बरु सामाजिक सुरक्षाको अन्य दायरा बढाउनु पर्छ । राष्ट्रपति उत्थान कार्यक्रमले सुत्केरी सेवामा एकदम राम्रो गरिरहेको छ, यसको बजेट घटाइएको छ, यसलाई विस्तार गर्नुपर्छ ।’

सदस्य पौड्यालले बजेट कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो । उहाँले सरकारले ल्याएको बजेटलाई कार्यान्वयन गर्नु नपर्ने चुनावी प्रचारको संज्ञा दिनुभयो । उहाँले १२ खर्ब ४० अर्ब राजस्व उठाउने कुरा हास्यास्पद रहेको बताउनुभयो । उहाँले आयातमा टिकेको राजस्व आयात घटाउने भए कसरी उठ्छ भन्ने प्रश्न गर्नुभयो ।

प्रकाशित : १७ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६