हरि घिमिरे, १७ जेठ ।
कपिलवस्तुको बाणगंगामा होटल व्यवसायमा युवाको आर्कषण बढेको छ । बाणगंगा २ पिपरामा हालैमात्र युवाहरुले ठुलो लगानि गरेर ओल्ड कक् अर्गानिक रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा ल्याएका छन् । विभिन्न पेशा व्यवसायमा आबद्ध ३ जना युवाहरुले १ करोड ७५ लाखको लगानीमा रेष्टुरेन्ट सञ्चालन गरेका हुन । सो रेस्टुरेन्टमा एकसातादेखी प्रि ओपनिंग चलिरहेको सञ्चालक रमेस चन्द्र भुसालले जानकारि दिए । भुसालले भने “बिग्रीदै गएको अर्थतन्त्र, वेरोजगारी लगायतका बिविध समस्या आइरहेको अबस्थामा केही समयको लागी भएपनी मनबाट सबै पिडा बिर्षेर रम्न रमाउन सकिने रेष्टुरेन्ट आफुहरुले सञ्चालनमा ल्याएका छौं ।” कोरोना कहरको समय लगतै निमार्ण सुरु गरिएको रेष्टुरेन्ट ११ महिनामा सम्र्पुण भवनहरु तयार गरी सञ्चालनमा आएको पत्रकार सम्मेलन मार्फत जानकारी गाराईएको छ । देख्दा आर्कषक र महंगो जस्तो देखिने ओल्ड कक् बजार मुल्य भन्दा सस्तो रहेको बताईएको छ ।
ओल्ड कक्मा १७ जना स्थानियले रोजगार पाएका छन् । रेष्टुरेन्टमा अर्गानिक कोदो, फापर, मकैको परिकारलाई बिषेश आकर्षणका रुपमा राखिएको छ । रेष्टुरेन्टमा बार सेवाको समेत परिक्षण सम्पन्न गरीसकिएको छ । यस रेष्टुरेन्ट स्थानिय सामाग्रिलाई प्राथमिकता दिने बताउदै नितान्त पारीवारीक रहेकाले एक पटक सेवा लिनुहुन सबैलाइ भुसालले आग्रह समेत गर्नुभएको छ । साथै सबैलाई साथ सहयोग र सुझावको अपेक्षा रहेको उहाँले पत्रकार सम्मेलनमा बताउनु भयो । जहाँ मिटिगं, सेमिनार बिबाह बर्तबन्धका बुकिगं तथा कार्यक्रमहरु चलिरहेका छन् ।
१७ जेष्ठ २०७९, मंगलबार
प्रतिक्रिया