प्रदेश

नयाँ नियम कार्यान्वयनमा समन्वय नहुँदा आन्तरिक उडानमा ढिलाइ



काठमाण्डौ, १८ जेठ । सरकारको नयाँ नियम कार्यान्वयनमा समन्वय हुन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने आन्तरिक उडानमा ढिलाइ भएको छ ।

सरकारले उडान सुरक्षालाई ध्यानमा राखेर गरेको निर्णय कार्यान्वयनमा समन्वय हुन नसक्दा बिहान दुई घण्टा उडान ढिलो भएको हो । आज बिहानको मौसम सफा भए पनि ६ बजे लुक्लाका लागि उड्न लागेको जहाजलाई अनुमति नदिँदा २ घण्टा रोकिएको थियो ।

मौसमबारे जल तथा मौसम विज्ञान विभागले रिपोर्ट नदिएको भन्दै नागरिक उड्डयन प्राधिकरणले उडानका लागि अनुमति नदिँदा उडान दुई घण्टा रोकिएको यति एअरलाइन्सले जनाएको छ । आज पहिलो दिन भएकोले समन्यवमा समस्या भए पनि भोलिदेखि यस्तो नहुने त्रिभुवन विमानस्थलमा प्रवक्ता टेकनाथ सिटौलाले बताउनुभयो ।

जहाज प्रस्थान गर्ने विमानस्थल तथा पुग्नुपर्ने विमानस्थलसहित विमानको बाटो अर्थात इनरुटको मौसम सफा नभएसम्म उडान अनुमति नदिने निर्णय आजदेखि लागू भएको छ । यस्तो निर्णय आँखाले अगाडि हेरेरै गर्नुपर्ने उडान प्रणाली अर्थात भीएफआर रहेको रुट र जहाजको हकमा लागू भएको हो ।

प्रकाशित : १८ जेष्ठ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६