प्रदेश

नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता, स्वास्थ्यकर्मीलाई अपमान गर्ने काम कानुन विपरित




काठमाडौं, १८ जेठ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले परिषद्मा दर्ता रहेका दन्तलगायतका स्वास्थ्यकर्मीलाई होच्याउने र अपमान गर्ने कार्य कानुन विपरित भएको जनाएको छ । परिषद्का रजिष्ट्रार पुष्पराज खनालले सार्वजनिक सूचना जारी गर्दै दन्तलगायतका परिषद्मा दर्ता रहेका अन्य स्वास्थ्यकर्मीलाई अपमान गर्ने र होच्याउने कार्य भएको भन्दैं त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले परिषद्मा दर्ता रहेका स्वास्थ्यकर्मीलाई केही व्यक्ति, संस्था र विभिन्न किसिमका मिडियाबाट अपमान गर्ने र होच्याउने काम भएको र परिषद्ले जारी गरेको आचारसंहिताअनुसार काम गर्दा पनि बाधा पु¥याएको भन्दै त्यो कार्य कानुनविपरित रहेको जनाएका छन् । ‘यस किसिमका कानुन विपरित कार्य नगर्न सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ परिषद्को सार्वजनिक सूचनामा छ, ‘यस्ता विषयप्रति परिषद्को गम्भीर ध्यानाकर्षण भएकोले यदि यस्तो कार्य पुनः भएमा परिषद् कानुनअनुसार अगाडि बढ्ने जानकारी गराइन्छ ।’

प्रकाशित : १८ जेष्ठ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६