प्रदेश

देवदहको नगर कार्यपालिकामा एमाले–राप्रपा गठबन्धन




१८ जेष्ठ बुटवल ।
रुपन्देहीको देवदह नगरपालिकाको कार्यपालिका गठनमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन भएको छ । ५ जना महिला सदस्य र दलित तथा अल्पसंख्यकबाट ३ जना गरी ८ जना कार्यपालिका सदस्य चयनका लागि नेकपा एमाले र राप्रपाबीच गठबन्धन भएको हो ।
सहमति अनुसार एमालेबाट ७ जना र राष्ट्रिय प्रजान्त्र पार्टीबाट १ जना निर्वाचित भएका छन् । महिला सदस्यमा नेकपा एमालेकी गीता भण्डारी, टिकीसरा सुनार, रुपाकुमारी ढुंगाना, लक्ष्मी विक, शान्ता भट्टराई कार्यपालिका सदस्यमा निर्वाचित भए ।
दलित तथा अल्पसंख्यकतर्फ एमालेका कुमार दमाई, गोविन्द पासी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमबहादुर परियार निर्वाचित भएको निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
देवदह नगरपालिकामा नेकपा एमालेका ३२ जना, नेपाली कांग्रेसका २१ जना राष्ट्रिय प्रजातन्त्र पार्टीको ९ जना गरी ६२ जना सदस्य निर्वाचित भएका थिए । देवदहको मेयर र उपमेयर दुबै पद एमालेले जितेको छ । देवदहमा नेपाली कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।

प्रकाशित : १८ जेष्ठ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६