प्रदेश

बुटवलको देवीनगर क्षेत्रको विद्युत आपूर्तिमा समस्या, ट्रान्सर्फमर थप्ने तयारी




१८ जेष्ठ
बुटवल । बुटवलको देवीनगर क्षेत्रमा केही दिनदेखि विद्युत आपूर्तिमा समस्या भएको छ । देवीनगरको ओली पथमा रहेको ट्रान्सर्फमरमा अत्याधिक लोड हुँदा एमसीबी झरि रहदा सो क्षेत्रमा विद्युत आपूर्तिमा समस्या भएको नेपाल विद्युत प्राधिकरण बुटवल शाखाका प्रमुख सुरेश महोतले जानकारी दिए । ट्रान्सर्फमरमा समस्या हुँदा देवीनगर क्षेत्रका दुई बढी घरमा विद्युत आपूर्तिमा समस्या उत्पन्न भएको उनले बताए ।
सो ट्रान्सर्फमरमा अत्याधिक लोड भएका कारण अर्को नयाँ ट्रान्सर्फमर थप गर्ने तयारी रहेको र भोलिसम्म ट्रान्सर्फमर राखिसक्ने प्रमुख महोतले जानकारी दिए । एससीबी झरि रहने समस्याको केही मात्रामा भए पनि समाधान गर्नका लागि अहिले प्राविधिक टोली गएको बताए । विहीबार नयाँ ट्रान्सर्फमर जडान भए पछि सो क्षेत्रमा विद्युत आपूर्तिको समस्या हल हुने उनी बताउँछन् ।
गर्मीको समस्यामा विद्युत नहुँदा आफूहरुलाई धेरै समस्या भएको स्थानीयहरुको गुनासो रहेको छ ।‘ केही दिनदेखि यँहा विद्युत आउने जाने गरी रहेको छ । विद्युत आए पनि डिम मात्रै आउने गर्छ । विद्युत आपूर्ति सहज रुपमा नुहँदा धेरै समस्या भएको छ ।’–एक स्थानीयले भने ।

प्रकाशित : १८ जेष्ठ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६