प्रदेश

नेपालगञ्जमा पूर्वराजा वीरेन्द्रको सालिक राख्न खोज्दा झडप




काठमाण्डौ, १९ जेठ । पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्जको धम्बोजीमा रहेको वीरेन्द्रचोक तनावग्रस्त भएको छ ।

बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि झडप भएको छ । झडप भएपछि प्रहरीले केही राउण्ड हवाईफायर समेत गरेको छ ।

वीरेन्द्रचोकमा रहेको राजा वीरेन्द्रको पूर्णकदको सालिक दोस्रो जनआन्दोलनमा भत्काइएको थियो । त्यहाँ आज केही युवाले नयाँ सालिक राखेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

झडपका क्रममा केही घाइते पनि भएका छन् । अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । तत्कालीन राजा वीरेन्द्र शाह र उहाँको परिवारको हत्या भएको आज २१ वर्ष पूरा भएको छ ।

प्रकाशित : १९ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६