कपिलवस्तु, १९ जेठ । संघबाट आगामी आर्थिक वर्ष २०७९/८० को लागि कपिलवस्तुका १० पालिका मध्ये सबै भन्दा धेरै वाणगंगा नगरपालिकालाई ६९ करोड ७१ लाख र सबैभन्दा कम सुद्धोधन गाउँपालिकालाई ३५ करोड ९३ लाख बजेट पाएका छन् । त्यस्तै शिवराज नगरपालिकाले ५६ करोड ८८ लाख वजेट पाएको छ ।
आगामी आर्थिक वर्ष २०७९ /८०मा स्थानीय तहहरूले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट पाएका छन् । स्थानीय तहहरुले समानीकरण अनुदान अन्तरगत १ खर्ब २३ करोड बजेट पाएका छन् । सशर्त अनुदानतर्फ स्थानीय तहले १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन् ।
समपुरक अनुदानका लागि स्थानीय तहलाई ७ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । विशेष अनुदानतर्फ स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ ।
प्रतिक्रिया