प्रदेश

शितगंगामा नागरिकता सच्याएर बृद्धभत्ता खाने पक्राउ




जेठ १९,

अर्घाखाँची : नागरिकता केरमेट गरेर बृद्ध भत्ता खाने शितगंगा नगरपालिका–१३ का एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शितगंगा नगरपालिका–१३ सिमलपानीका केश बहादुर भाटलाई नागरिकता केरमेट गरेर बृद्धभत्ता खाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक शंकर खड्काले बताए ।

उनले नागरिकतामा भएको जन्ममिति २०१६।८।२४ लाई केरमेट गरी २०००।८।२४ बनाएर सामाजिक सुरक्षा भत्ता लिएको अनुसन्धानका क्रममा देखिएको छ ।

उनको मतादाता परिचय पत्रमा २०१६।८।२४ गतेनै रहेको भेटिएको प्रहरीको भनाई छ । पक्राउ परेका भाटलाई जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा राखि अनुसन्धान भैहरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।

प्रकाशित : १९ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६