कृषि

असिना पानीले सल्यानको कपुरकोटमा दुई करोड बराबरको क्षति




१९ जेठ । सल्यानको कपुरकोटमा परेको असिना पानीले दुई करोड रुपियाँ बराबरको तरकारी तथा फलफूलमा क्षति पुर्‍याएको छ । बाक्लो असिना पानीका कारण सुन्तला, बेमौसमी तरकारी र नर्सरी ब्याड नष्ट भएको हो । असिना पानीका कारण एक करोड ९२ लाख ६० हजार १८० रुपियाँ बराबरको क्षति भएको कपुरकोट गाउँपालिका कृषि शाखाले जनाएको छ । गत बिहीबार परेको असिना पानीको क्षतिको विवरण एक सातापछि सार्वजनिक गरिएको हो ।

कृषि शाखा प्रमुख टिका कुमारी राईले असिना पानीले १९ किसानले राखेको नर्सरी ब्याडमा एक लाख ३२ हजार ५०० रुपियाँ, तरकारी खेती गरेका ९५ किसानको ९८ लाख ४० हजार ४३० रुपियाँ र ६५ किसानको सुन्तलामा ९२ लाख ८७ हजार २५० रुपियाँ बराबरको क्षति भएको बताउनुभयो । उहाँका अनुसार असिना पानीले विशेष गरी वडा नं। ४ को रावत टोल, गाडा पानी, चिन्नेखोलामा क्षति गरेको छ ।

असिना पानीबाट भएको क्षतिको वडाबाट मुचुल्का उठाउने काम भइरहेकाले क्षतिको विवरण बढ्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत ओलीले बताउनुभयो । उहाँका अनुसार, किसानहरूले निवेदन दिइरहनु भएको छ । क्षतिको विवरण उत्पादनको हिसाबले आकलन गरिएको छ ।

कपुृरकोट क्षेत्र मौसमी तथा बेमौसमी तरकारी खेतीका लागि प्रख्यात रहेको छ । आम्दानीको मुख्य स्रोत तरकारी तथा फलफूललाई बनाउँदै गएका कपुरकोटबासी यस पटक भने असिना पानीले क्षति पु¥याए पछि चिन्तित बनेका छन् । कृषक मित्र कठायतले गाउँमा कृषकले लगाएको सुन्तला, बेमौसमी तरकारी र नर्सरी ब्याड नष्ट हँुदा उत्पादन घट्नुका साथै आम्दानी कम हुदा दैनिक घर खर्च चलाउन समस्या हुने वताउनुभयो ।

प्रकाशित : १९ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६