अन्तर्राष्ट्रिय

१० वर्षदेखि बराबरी खेल्दै स्पेन र पोर्चुगल



जेठ २०,

८ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका रिकार्डो होर्टाले गोल गरेपछि पोर्चुगलले नेसन्स लिगको पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको छ । यसअघि स्पेनका लागि खेलको २५ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८२ औँ मिनेटमा होर्टाले जोआ क्यान्सेलोको पासमा गोल गर्दै खेल बराबरी गरे ।

होर्टाले पछिल्लोपटक सन् २०१४ मा १९ वर्षको हुँदा पोर्चुगलको राष्ट्रिय टोलीका लागि खेल खेलेका थिए । दुई टोलीबीच विजेता नभएको लगभग १० वर्ष पुगिसकेको छ । यसबीचमा दुई टोलीले खेलेका ५ खेल सबै बराबरीमा टुंगिएको छ । समूह ए२ को अन्य खेलमा चेक रिपब्लिकले स्वीटजरल्याण्डलाई २–१ गोलले हरायो । अब चेकले स्पेको आतिथ्य गर्नेछ भने पोर्चुगलले घरेलु मैदानमा स्वीटजरल्याण्डको सामना गर्नेछ ।

प्रकाशित : २० जेष्ठ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६