प्रदेश

पेट्राेलियम पदार्थका लागि छुट्टाछुट्टै मूल्य निर्धारण गर्न समिति गठन : मन्त्री बडू



काठमाण्डाै, २० जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले पेट्राेलियम पदार्थका लागि सर्वसाधारण र व्यवसाय सम्बन्धमा छुट्टाछुट्टै मूल्य निर्धारण गर्न समिति गठन गरेको बताउनुभएको छ । 

आज शुक्रवार प्रतिनिधि सभामा प्रस्तुत गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलका क्रममा बोल्दै मन्त्री बडूले समिति गठन गरिएको बताउनुभयो । उहाँले आयल निगम समितिका सदस्यको संयोजकत्वमा सरोकारवालासहितको उपसमिति गठन गरिएको संसदमा जानकारी दिनुभयो । 

मन्त्री बडूले इन्धनको आपूर्ति विधिलाई चुस्त बनाउन पनि सरकारले गृहकार्य सुरु गरेको बताउनुभयो । उहाँले नेपाल आयल निगम खारेज गरेर त्यसको काम निजी क्षेत्रलाई दिने भन्ने कुरा बाहिर हल्ला आए पनि त्यसमा कुनै सत्यता नभएको दाबी गर्नुभयो ।

मन्त्री बडूले रुस र युक्रेनको युद्धको कारण बाध्यात्मक रूपमा सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपरेको तर्कसमेत गर्नुभयो । 

प्रकाशित : २० जेष्ठ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६