रोल्पा २१ जेठ । रोल्पा कारागारमा मृत्यु घटनाको अनुसन्धान सुरू गरेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ। रोल्पा जिल्ला कारागारमा सट्टा कैदीबन्दीको रूपमा जेल सजाय भोगिरहेको कैदीको मृत्यु भएको घटनाप्रति आयोगको ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको नेपालगञ्ज कार्यालयको अनुगमन टोलीले बिहीबारबाट अनुसन्धान सुरू गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए।उनका अनुसार आयोगले उक्त घटनालाई गम्भीर रूपमा लिएको र जेठ ५ गतेदेखि नै सम्बन्धित सरोकारवालासँग जानकारी लिएर नेपाल सरकार लगायत सम्बद्ध निकायबाट भइरहेका कार्यहरूको नजिकबाट अनुगमन गरिरहेको छ।
२१ जेष्ठ २०७९, शनिबार








प्रतिक्रिया