अन्तर्राष्ट्रिय

बेल्जियममाथि नेदरल्याण्डको गोल वर्षा




जेठ २१,
नेदरल्याण्डले बेल्जियममाथि ४–१ को जीत निकाल्दै यूईएफए नेसन्स लिगमा शानदार सुरुवात गरेको छ । नेदरल्याण्डको जीतमा मेम्फिस डिपाय नायक रहे । उनले दुई गोल गरे । पहिलो हाफको अन्त्यमा स्टिभन बर्गविनले गोल गर्दै नेदरल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै डिपायले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
६१ औँ मिनेटमा डेन्जेल डम्ब्राइजले तेस्रो गोल गरे । लगत्तै डेपायले अर्को गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । इन्जुरी समयमा मिचु बात्सुयेयीले बेल्जियमका लागि सान्त्वना गोल गरे । खेलमा बेल्जियमले रोमेलु लुकाकुलाई घाइते हुँदै गुमाएको थियो । यो समूहमा पोल्याण्ड र वेल्स रहेको छ ।

प्रकाशित : २१ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६