प्रदेश

भारतीय नागरिकलाई नागरिकता बनाउन खोजेको आरोपमा कपिलवस्तुमा ३ जना पक्राउ




कपिलवस्तु, २५ जेठ ।
भारतीय नागरिकलाई नक्कली बावु बनेर नागरिकता दिलाउन खोजेको आरोपमा कपिलवस्तुमा ३ जना पक्राउ परेका छन्।
कपिलवस्तुको इलाका प्रशासन कार्यालय चन्द्रौटामा नागरिकताको कागजातसहित गैर नेपाली नागरिकलाई नागरिकता बनाउन आएका ३ जनालाई प्रहरीले पक्राउ हो। शिवराज नगरपालिकाका दयाराम गडरियाले भारतिय नागरिक रामु गडहीराको नक्कली बुवा बनेर नागरिकता बनाउन कागजात पेश गरेका थिए।

जिल्ला प्रहरी कार्यालय अनुसार प्रक्राउ पर्नेमा शिवराज नगरपालिका वडा नं ३ कटुवा बस्ने वर्ष ४० का दयाराम गडरिया, भारतीय नागरिक वर्ष १७ का रामु गडरिया र नागरिकता बनाउने कार्यमा सहयोग गर्न आएका शिवराज नगरपालिका वडा नं १० लालपुर बस्ने वर्ष २२ का अयोध्या पाल रहेका छन्। प्रहरी नायब उपरीक्षक जेसी शाले पक्राउ परेक तीनै जनालाई वडा प्रहरी कार्यालय चन्द्रौटामा राखी थप अनुसान्धान भैरहेको बताए।

नागरिकता ऐनको दफा २१ को १ मा उल्लेख भए बमोजिम विदेशीले नेपाली नागरिक भएको दाबी गरी नागरिकता लिने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ। त्यस्तै दफा २१ कै उपदफा २ मा नागरिकता दिलाउन सनाखत या सिफारिस गर्नेलाई ६ महिनादेखि एक वर्षसम्म कैद वा २५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।

प्रकाशित : २५ जेष्ठ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६