गुल्मी, २६ जेठ । सडक निर्माणको क्रममा डोजरले फालेको ढुंगा लागेर गुल्मीमा एकजना विद्यार्थीको मृत्यु भएको छ । रूकुम मुसिकोट नगरपालिका वडा नम्बर ३ का १४ वर्षीय गगन रायमाझीको ढुंगाले लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार बिहीबार बिहान स्कुल जाने क्रममा बालकलाई ढुंगाले लागेको थियो ।
प्रहरी नायब उपरीक्षक खरेलले सडक निर्माण भइरहेको बेला डोजरले फालेको ढुंगाले लागेर गम्भीर घाइते भएका बालकको अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी दिए। बालकलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारको लागि गुल्मी अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको खरेलले बताए ।
प्रतिक्रिया