प्रदेश

चितवनमा कपिलवस्तुका दुई जनाको मृत्यु



कपिलवस्तु, २६ जेठ ।

कपिलवस्तुका २ जनाको चितवनमा सेप्टिक ट्यांकी सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तु शिवराज नगरपालिकाल ९ बस्ने २४ वर्षका छतिराम थारू र २३ वर्षका राम चौधरी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भरतपुर महानगरपालिका १९ तमु टोलको रामप्यारी गुरूङको घरको सेप्टिक ट्यांकी सफा गर्ने क्रममा घटना भएको चितवन प्रहरीले जनाएको छ ।

साँझ साढे ६ बजेतिर सफा गर्ने क्रममा छतिराम थारू चिप्लेर ट्यांकीमा खस्नु भएको र छतिराम खसेपछि उहाँलाई झिक्न भन्दै राम चौधरी ट्यांकीमा छिर्दा दुबै जनाको मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ । छतिराम र राम साला भेना रहेको बताईएको छ ।

प्रकाशित : २६ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६