कपिलवस्तु, २७ जेठ ।
जिल्ला समन्वय समिति कपिलवस्तुको आज चुनाव हुँदैछ । जिसस कपिलवस्तुको निर्वाचनमा कांग्रेसले जनता समाजवादी पार्टी जसपा नेपाल र नेकपा माओवादी केन्द्रलाई साथमा लिएको छ भने, एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा बीच चुनावी तालमेल गरेको छ ।
सत्तारुढ कांग्रेस, माओवादी र जसपा गठबन्धनबाट प्रमुखमा कांग्रेसका ज्ञान बहादुर कार्की, उप प्रमुखमा जसपाका विरेन्द्र प्रताप गडेरियाले उम्मेदवारी दिएका छन् । नेकपा एमाले, राप्रपा र लोकतान्त्रिक समाजवादीबाट प्रमुखमा एमालेका बाबुराम आचार्य, उप(प्रमुखमा लोसपाका रमेश कुर्मीले उम्मेदवारी दिएका छन् ।
१० स्थानीय तह रहेको जिल्लामा जिसस चुनावको लागि २० मत छ । पालिकाका प्रमुख र उप प्रमुख यसका मतदाता रहने प्रावधान अनुसार कांग्रेस गठबन्धनसंग ११ मत छ भने, एमाले गठबन्धनमा ९ मत रहेको छ ।
यस्तै सत्तारुढ गठबन्धनबाट सदस्यहरुमा कांग्रेसबाट मनोहर धुनिया, सुनिता चमार, ताहिरा खातुन, माओवादीबाट सदस्यहरुमा मीना हरिजन, राजेन्द्र कुमार कुर्मी उम्मेद्वार छन् । जसपाबाट सदस्यमा रामु अहिर र सन्ध्या पौडेल उम्मेद्वार रहेका छन् ।
एमाले इतर गठबन्धनबाट सदस्यहरुमा एमालेबाट सुमित्रा दमै, सकुन्तला भण्डारी, कमला पौडेल, यार महोम्मद उम्मेद्वार छन् । राप्रपाबाट सदस्यमा राहुल हलुवाई, इन्द्रवावती पासी र लोसपाबाट सदस्यमा राजु कलवारले उम्मेद्वारी दिएका छन ।
प्रतिक्रिया