प्रदेश

रुसको कब्जामा रहेको युक्रेनको मारिओपोल सहरमा हैजा प्रकोपको जोखिम




जेठ २८, एजेन्सी
युक्रेनी बन्दरगाह सहर मारिओपोलमा हैजा प्रकोपको जोखिम देखिएको छ । रुसी सेनाको आक्रमणबाट ध्वस्त बनेको मारिओपोल गएको मे महिनामा रुसले कब्जा गरेको थियो ।

संयुक्त राष्ट्र सङ्घका अनुसार यो सहरमा धेरैजसो पूर्वाधार क्षतिग्रस्त भएका छन् भने पानीमा ढल मिसिएको छ । आक्रमणपछि ज्यान गुमाएकाहरूको शव जम्मा नगरिएको, फोहोर बढेको, पानी तथा खानाबाट हैजा प्रकोपको जोखिम बढेको राष्ट्र सङ्घले जनाएको हो । हैजा दूषित खानेकुरा वा पानीबाट सर्ने गर्छ ।

शवहरू अझै भग्नावशेषमुनि रहेका र सडेको अवस्थामा रहेका छन् । मारिओपोलमा पहिला पनि हैजा, पखाला र अन्य सङ्क्रामक रोगहरू देखिएको थियो । सम्भावित प्रकोपबाट जोगिन सहर बन्द गरिएको रुसी सेनाले नियुक्त गरेका मेयर भादिम बोयचेन्कोले बताएका बीबीसीले जनाएको छ । त्यहाँ आफूहरूको पहुँच सीमित रहेको युक्रेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २८ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६