प्रदेश

लघुवित्तिय संस्था विरुद्ध विरोध प्रदर्शन, विपन्नको नाममा शोषण भएको गुनासो




हरि घिमिरे, ३० जेठ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा लघुवित्तिय संस्थाहरु विरुद्ध विरोध प्रदर्शन गरिएको छ । बाँचौ, बचाऔँ र अघि बढौँ लघुबित्तिय संस्थाहरुको ज्यादतिको बिरुद्धमा एकजुट हौँ भन्ने मुला नाराका साथ आईतवार प्रथम भेला तथा विरोध प्रदर्शन गरिएको हो । लघुबित्तिय संस्था बिरुद्धको संघर्ष समिति कपिलवस्तुको आयोजनामा आज बाणगंगा १ बुङ्ची देखी सुरु भएको नारा जुलुस सहितको कार्यक्रम बैरीयाको एक रिसोर्टमा पुगी कोणसभामा परीणत भएको थियो ।

कोण सभामा विपन्नको नाममा सोषण भएको गुनासो पिडितहरुले गरेका छन् । उनिहरुले लघुवित्तका कर्मचारीहरुले रातको समयमा आएर धम्की दिँदा आफूहरु असुरक्षित भएको गुनासो राखे । केहि पिडितलेत ऋण भुक्तानि गर्न धम्की दिदौं बालबालिका अपहरण गरेको समेत आरोप लगाए । एकातिर लघुवित्तिय संस्थाहरुको डर,त्रास छ अर्कातर्फ मिटर ब्याजिले देखाउने हर्कतले आफुहरु अशुरक्षित भएको उनिहरुको भनाई छ ।

समितिका जिल्ला अध्यक्ष राजन थापाको अध्यक्षता, समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीको प्रमुख आतिथ्यता, समितिका केन्द्रीय उपाध्यक्ष फक्त बहादुर पुन, महासचिव प्रेम वि.क लगायतको आतिथ्यतामा सम्मपन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरुले अब लघुबित्तिय संसथाहरुको ज्यादति विरुद्ध आफुहरु एकजुट भएर लाग्ने प्रतिबद्धता समेत ब्याक्त गरेका थिए ।

नवसामन्तीको रुपमा लघुबित्तिय संस्थाहरु खारेज गर, लगाइएको सामुकि रिण मिनाह गर, किसानलाइ निशुल्क रिण प्रदान गर, समाजवादी अर्थतन्त्रको विकास गर लगायतका माग गर्दै विरोध प्रदर्शन गरिएको थियो । समितिका सदस्य, पत्रकार, लगायत विभिन्न ब्याक्तिको बाक्लो उपस्थिती रहेको कार्यक्रमको सञ्चालन गणेश परीयारले गर्नुभएको थियो ।

प्रकाशित : ३० जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६