प्रदेश

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिरमा हुन्छः प्रचण्ड



बर्दिया, ३० जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिरमा नै हुने बताएका छन् । उनले चुनाव एकै चरणमा सम्पन्न गर्नेबारे पनि छलफल भइरहेको जानकारी दिए ।

बर्दियाको बेलभारमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘प्रतिपक्षको पनि मंसिरको पहिलो हप्ता वा कात्तिकको अन्तिममा नै निर्वाचन गर्नुपर्छ भन्ने कुरा भएको छ । प्रधानमन्त्री लगायत गठबन्धनमा हामीले छलफल गर्दा मंसिरको पहिलो हप्तामा हुने नै बढी सम्भावना छ । त्यसकारण हामी कोही पनि कन्फ्युजन हुन पर्दैन, चुनाव मंसिरमा हुन्छ ।’

उनले चुनाव एकै चरणमा सम्पन्न गर्ने गरी कोसिस गरिरहेको बताए । ‘चुनाव दुई चरणमा हुन्छ कि एक चरणमा भन्ने पनि छलफल छ । तर जसरी स्थानीय तहको निर्वाचन एकै चरणमा देशैभरी सम्पन्न गर्न सम्भव भयो त्योभन्दा त प्रदेश र संघको पनि सहज हुन्छ । त्यसकारण एकैचोटी गर्ने कि भन्ने पनि छलफल छ ।’

उनले थपे, ‘तर फेरि सेक्युरिटीको हिसाबले, अरु हिसाबले दुई चरणमा गर्ने कि भन्ने कुरा चलेको छ । जे भए पनि मंसिरमा नै चुनाव सम्पन्न हुन्छ ।’ उनले प्रदेश र संघको निर्वाचनको तयारीमा जुट्न सबैलाई आह्वान गरे ।

प्रकाशित : ३० जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६