जीवनशैली

प्युठान जिसस प्रमुखमा कांग्रेसका जिसी निर्विरोध, गुल्मीको चुनाव १ असारमा




प्यूठान ३१ जेठ । जिल्ला समन्वय समिति प्युठानको प्रमुखमा नेपाली कांग्रेसका धरमबहादुर जिसी र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का दुर्गा रेग्मी निर्विरोध निर्वाचित हुनुभएको छ । पाँचदलीय गठबन्धनबीच तालमेल भएपछि प्रमुख उपप्रमुखसहित प्यानल निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्युठानले जनाएको छ । कांग्रेसबाट जिल्ला समन्वय समितिको सदस्यमा टोपाराम कालाथोकी, माओबादी केन्द्रबाट तारा बिक, निर्मला पोख्रेल निर्विरोध निर्वाचित हुनुभएको छ ।
यसैगरी, राष्ट्रिय जनमोर्चाबाट गुणेन्द्र बस्नेत, इन्द्रबहादुर खड्का, खुमा अधिकारी र रेकम रसाइली जिल्ला समन्वय समितिको सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवले जानकारी दिनुभयो ।दुई नगरपालिका र सात गाउँपालिकासहित कांग्रेस सात, माओवादी चार, एमालेको चार र राष्ट्रिय जनमोर्चा ३ मतभार थियो । आफ्नो पक्षमा बहुमत नभएपछि एमालेले मनोनयन दर्ता गराएन ।
यता जिल्ला समन्वय समिति गुल्मीको निर्वाचन आगामी असार १ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, गुल्मीले असार १ गते निर्वाचन हुनेगरी जिल्ला समन्वय समिति निर्वाचन –२०७९ को कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार बुधबार आयोगले २४ जना मतदाताहरुको नामावली सार्वजनिक गरेको छ । त्यस्तै जेठ २७ गते मतदाता नामावली सच्याउन निवेदन दिने र संशोधित मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । २८ गते मतदाताको विरोधमा उजुरी दिने र उजुरी उपर जाँचबुझ गर्ने एवम् २९ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
३० गते उम्मेदवारको मनोनयन–पत्र दर्ता गर्ने र उम्मेदवारको सूचि प्रकाशनगर्ने कार्यक्रम छ । जेठको ३१ गते उम्मेदवारको विरोधमा उजुरी दिने,उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको मुख्यनिर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत राम बहादुर कुँवरले जानकारी दिए ।कार्यालयले मतदानको लागि २४ जना मतदाताको नाम सार्वजनिक गरेको छ। जसअनुसार जिल्ला १२ पालिकाका २४ जना मतदाता छन् । स्थानीय तहका प्रमुख÷अध्यक्ष एवम् उप–प्रमुख÷उपाध्यक्ष जिल्ला समन्वय समितिको निर्वाचनको लागि मतदाता हुन पाउछन् ।

प्रकाशित : ३१ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६